फ्रेन्चाइज फुटबल टिम बिराटनगर सिटी एफसीका प्रशिक्षक यान लले आफूले पाएको तलब कोरोना महामारी नियन्त्रणमा सहयोग गर्ने बताएका छन् । उनले विराटनगरबाट पाएको तलब नेपाल र भारतमा कोरोना नियन्त्रणमा सहयोग गर्ने बताएका हुन् ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टिम विराटनगरका मुख्य प्रशिक्षक यानले आफ्नो तलब कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल र भारतलाई बराबरी सहयोग गर्ने बताएका हुन् ।
🚨Announcement🚨
— Yan Law (@YanLawOfficial) May 20, 2021
.
.
I have decided to Donate all my Salary that I earned in the @NplSuperLeague from @biratnagacityfc towards Covid Relief in India and Nepal equally 🇮🇳🇳🇵
.
.
Long Live the beautiful Nations 🙏 pic.twitter.com/xFvzg4CYYC
सामाजिक सञ्जालमार्फत यानले बिहीबार एनएसएलबाट आएका तलब र लिगबाट आएको रकम नेपाल र भारतको कोभिड कोषलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
पहिलो संस्करणको एनएसएलमा यानले सम्हालेको विराटनगर लिग चरणबाटै बाहिरिएको थियो । प्ले अफमा पुग्न जित्नै पर्ने खेलमा विराटनगर ललितपुर सिटी एफसीसँग ४–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।