\
कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि न्युजिल्यान्डले नेपाललाई १० लाख डलर सहयोग दिने घोषणा गरेको छ । न्युजिल्यान्डले नेपालमा भयावह बन्न पुगेको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सहयोग दिने भएको हो ।
न्युजिल्यान्डकी विदेशमन्त्री नानाइया महुताले नेपाललाई कोभिड १९ नियन्त्रण र रोकथामका लागि १० लाख डलर सहयोग दिने जानकारी दिएकी छन् । उनले ट्विट मार्फत यस्तो जानकारी दिएकी हुन् ।
नेपाललाई सहयोग दिने घोषणा गरिएको १० लाख डलर युनिसेफमार्फत उपलब्ध गराउने महुताले जनाएकी छन् । उक्त रकम नेपाललाई स्वास्थ्य चुनौती सामना गर्न सहयोग गर्ने लागिएको उनले बताएकी छन् ।
Pleased to commit $1m to support Nepal in their COVID-19 response that will go to UNICEF to help with emerging health needs and community resilience. 🇳🇿 & 🇳🇵 have a special relationship dating back to Sir Ed Hillary and Sherpa Tenzing Norgay #manaakitanga
— Nanaia Mahuta (@NanaiaMahuta) May 21, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।