नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकारको दाबी राष्ट्रपतिको कार्यालयमा पेश गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेका ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले यसको पुष्टि गरेका हुन्। नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ', भनेका छन्।
दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको उनले बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।