कर्णालीमा थप ७९५ जनामा कोरोना, ४९१ जना निको भए

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ७९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा आरटी–पिसिआर विधिबाट गरिएको परीक्षणमा ५८८, र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०७ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णालीमा कुल संक्रमित हुनेको संख्या १९ हजार ९२८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४९१ जना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै कुल संक्रमित मध्ये निको हुनेको हुनेको संख्या १२ हजार २४४ पुगेको छ । 

थप ६ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा पाँच र कालिकोटका एक जना रहेका छन् । योसँगै कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या १९२ पुगेको छ । हाल प्रदेशका अस्पताल तथा आइसोलेसन सेन्टरमा ६ हजार ४५८ जना रहेका छन् ।





  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार १८:४१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया