गगन थापाको टिप्पणी : अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ !

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुल नभएपछि प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । 

थापाले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई संविधान र संसद दुवै मन नपरेकोले भंग गरिएको आरोप लगाए । उनले लेखका छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद !

थापाले सेटिङका आधारमा यसबीचमा विघटन, पुनःस्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६(३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६(५)को आव्हानको नाटक गरेर अनुकुल नभएपछि फेरि विघटनको काम भएको आरोप लगाए ।

थापाले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिसन नै संविधानको हुर्मत लिनु भएको आरोप लगाए । थापाले लेखेका छन, 'प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !'

थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको आरोप पनि लगाएका छन् । उनले महामारीमा समेत यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्ति मै रोकिने वाला नभएको बताए । 

थापाले लेखका छन्, 'नेता गण ! नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ ।'





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार ८:३५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया