कमल थापाले ५ बुँदामा सुझाए अबको कार्यदिशा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको कार्यदिशा ५ बुँदामा सुझाएका छन् । मध्यावधि निर्वाचन घोषणा भएपछि अबको अवस्थामा के गर्ने भन्ने विषय थापाले विकल्पहरु सुझाएका छन् । 

थापाले अब देश मध्यावधि निर्वाचनमा गइसकेको अवस्थामा महामारी नियन्त्रणमा सरकारको ध्यान जान आवश्यक रहेको बताए । थापाले अब  स्वास्थ्य संकटकाल घोषणा गरेर महामारी नियन्त्रणमा लाग्नुपर्ने बताए ।

थापाले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिना भित्र कोरोना महामारी नियन्त्रण गर्नेतर्फ सरकारले काम गर्नुपर्ने बताए । 

थापाले आम नागरिकलाई खोपको व्यवस्था गर्ने, चुनाव निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने काम अबको कार्यदिशा भएको उल्लेख गरेका छन् । 

यससँगै उनले अन्तिम कार्यदिशामा अबको चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने बताएका छन् । 



 



  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १०:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया