पछिल्लो २४ घण्टामा देशभर ८९८० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पिसिआर र ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९८० जनामा पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमित कोरोना मुक्त भएका छन् भने १२९ संक्रमितको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख १० हजार ८६ पुगेको छ भने ३ लाख ८३ हजार ६४८ निको भएका छन् भने ६ हजार १५३ संक्रमितको मृत्यु भएको छ । 

उपत्यकामा २३१८ जनामा कोरोना 

काठमाडौमा उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ३१८ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौमा १ हजार ८११, ललितपुरमा ३२८ र भक्तपुरमा १८९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ ८, २०७८ शनिबार १७:३४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया