मेस्सीले जिते लगातार पाचौँ पिचिची ट्रफी

बार्सिलोनाका कप्तान अर्जेन्टिनी स्टार लियोनल मेस्सीले ला लिगामा पिचिची ट्रफी जितेका छन् । यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।

मेस्सीले आठौँ पटक पिचिची ट्रफी जितेका हुन् । मेस्सीले लगातार पाँचौँ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन अवार्ड जित्ने पहिलो खेलाडी हुन् ।

यस सिजनको ला लिगामा मेस्सीले ३० गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । क्लबलाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले पिचिची ट्रफी जितेका हुन् ।

ला लिगामा यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रह्यो । पिचिची अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई ७ गोलले पछि पारे । बेन्जिमाले २३ गोल गरे । 

ला लिगामा भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए ।





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार ७:४८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया