नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मध्यावधि निर्वाचनको विरोध गर्नुको कुनै अर्थ नभएको बताएका छन् । मध्यावधि निर्वाचनलाई स्वागत गर्दै बिजुक्छेले विरोधको कुनै अर्थ नभएको बताएका हुन् ।
अध्यक्ष बिजुक्छेले सरकारले संसद भंग गरेर चुनाव घोषणा गरिसकेको अवस्थामा अब सबै पक्ष चुनावमा केन्द्रित भएर लाग्नुपर्ने बताए । सबै राजनीतिक दलमा अनुशासन भंग भएको भन्दै उनले अब चुनावमार्फत सबैलाई अनुशासनको दायरामा ल्याउनुपर्ने बताए ।
नेमकिपाले पहिल्यैदेखि संसदले निकास नदिने अवस्थामा चुनावमा जानु उपयुक्त रहेको बताउँदै आएको भन्दै बिजुक्छेले परिस्थितिले अब चुनावको विकल्प नभएको देखिएको भन्दै विरोधतर्फ नलागी तयारीमा लाग्नुपर्ने बताए ।
लोकतन्त्रमा जनताको आदेश नै सर्वोच्च हुने भएकाले अब नयाँ आदेश लिएर सोही अनुसार गर्नुपर्ने बिजुक्छेका धारणा छ । उनले चुनावको विरोध गर्छौँ, आन्दोलन गर्छौँ भन्नुको कुनै अर्थ नभएको बताए ।
महामारीको समयमा पहिला जनताको ज्यान सुरक्षित गर्नुपर्छ भन्दै बिजुक्छेले त्यसपछि अरु कुरामा ध्यान जानुपर्ने औँल्याए । महामारी नियन्त्रण र चुनावको तयारी सँगै गर्नुपर्ने उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।