म्यानमारमा आन्दोलनमा सहभागी सवा लाख शिक्षक निलम्बित

म्यानमारमा जारी जनप्रदर्शनमा सहभागी भएको भन्दै सेनाले १ लाख २५ हजारभन्दा बढी शिक्षकहरुलाई निलम्बन गरेको छ । गत फेब्रुअरीमा सेनाले शासन हत्याएपछि सुरु भएको प्रदर्शनमा शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

म्यानमारको सैन्य सरकारले आफूविरुद्धको प्रदर्शनमा साथ दिएको भन्दै ती शिक्षकहरुलाई निलम्बन गरेको हो । सेनाले 'कू'मार्फत सत्ता हत्याएपछि भइरहेको विरोधमा नागरिक आन्दोलनमा साथ दिएकाले शिक्षकहरुले तत्काललाई जागिर गुमाउनु परेको म्यानमार टिचर्स फेडेरेसनले जनाएको छ । 

म्यानमारमा नयाँ शैक्षिक सत्र बहिष्कारको अभियान पनि चलिरहेको छ । करिब ४ लाख ३० हजार शिक्षक रहेको म्यानमारमा अभिभावकहरु र केही शिक्षकले नयाँ सत्र बहिष्कारको अभियान नै चलाइरहेका छन् । 

म्यानमारमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि स्वास्थ्य क्षेत्रका सहित धेरै सरकारी र निजी क्षेत्रका कर्मचारी काम छाडेर सडकमा निस्किएका थिए । उनीहरुले सैन्य कदमको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । 

सैनिक शासनको विरोधमा रहेका तथा प्रदर्शनको अग्रमोर्चामा रहेका विद्यार्थीहरूले पनि जुनदेखि सुरु हुने नयाँ शैक्षिक सत्र बहिष्कार गर्ने तयारी गरेका छन् । उनीहरुले प्रजातन्त्रको बहाली पहिलो आवश्यकता भएको बताउँदै आएका छन् । 





  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १०:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया