ओलीबारे कांग्रेस प्रवक्ता शर्माको टिप्पणी, 'सौ चुहे खा के बिल्लि चलि हज को'

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षमाथि गरेको टिप्पणीले अचम्म लागेको बताएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

कांग्रेस पनि प्रचण्डपथमा हिँडेछ भन्ने प्रधानमन्त्री ओलीको टिप्पणीले आफूलाई अचम्म लागेको शर्माले बताएका छन् । उनले भनेका छन्, 'ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ !' 

शर्माले ओली आफैँले हिजो प्रचण्डसँग पार्टी एकता गरेको भन्दै अहिले कांग्रेसलाई गरेको टिप्पणी देख्दा अचम्म लागेको बताए । ओलीले प्रचण्डसँग पार्टी एकता गर्वका साथ गरेको उनले स्मरण गराए । 

आफू मिल्दा गौरव गर्ने ओलीले अहिले मुद्दामा प्रचण्डसँग मिल्दा यस्तो टिप्पणी गर्नुले अचम्म लागेको शर्माले बताए । उनले लेखेका छन्, 'सौ चुहे खा के बिल्लि चलि हज को भन्ने कहावत यहाँ कै लागि रहेछ नि ।'

 





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार ९:८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया