राष्ट्रपतिबाट पदीय गरिमाको अवमूल्यन भएको प्राध्यापक संघका पूर्वअध्यक्षहरूको निष्कर्ष

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले पदको गरिमाको अवमूल्यन गरेको बताएका छन् । संविधानको संरक्षक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाविपरीत संसद् विघटन गरिएको भन्दै उनीहरुले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गरेका हुन् ।  

नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरू डा. कमलकृष्ण जोशी, कपिल श्रेष्ठ, डा. विनोदकुमार श्रेष्ठ, केशवानन्द गिरी, भीमसेनदास प्रधानलगायतले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कदम संविधानविपरीत भएको ठहर गरेका छन् । 

‘संविधान विपरित प्रधानमन्त्रीले चालेका पटक(पटकका गलत कदममा सम्माननीय राष्ट्रपतिले समेत साथ दिनु सर्वोच्च अदालतको मानहानीको विषयसमेत हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तै संविधानको संरक्षकका रूपमा रहेको राष्ट्रपतिको सो कदमले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको हाम्रो ठहर छ ।’ 





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार २१:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया