एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । संघले तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन पनि अपिल गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि  संघका राष्ट्रिय समितिमार्फत् सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिने बताइएको छ ।

हवाई उडान सहजीकरण गर्न आग्रह 

पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न  संघले अनुरोध गरेको छ । विदेशबाट नेपाल फर्कँदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत  विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिन समेत सरकारसँग अनुरोध गरिएको हो । 

नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण

लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि संघले नेपाल सरकारलाई अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : जेठ ११, २०७८ मंगलबार १८:१२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया