अहिले देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, प्रदेश २, बागमती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
भोलि जेठ १३ गते बिहीबार देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
जेठ १४ गते शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
आज दिनभर प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।