कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप अभियानलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले खोप अभियानलाई व्यवस्थित रूपमा तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गौतम बुद्धको २५६५ औँ जन्मजयन्ती तथा उभौली पर्व र चण्डीपूर्णिमाका अवसरमा शुभकामना दिँदै उनले कोरोना परीक्षणलाई तीव्र बनाउन र संक्रमितको प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरेका हुन् । 

उपराष्ट्रपति पुनले भनेका छन्, 'म कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका नियमहरुको पूर्ण पालना गर्न, आफू सुरक्षित रहन र अरूलाई पनि सुरक्षित राख्ने भूमिका निर्वाह गर्न आम दिदीबहिनी तथा दाजुभाइहरुलाई अपिल गर्दछु ।'





  • प्रकाशित मिति : जेठ १२, २०७८ बुधबार १०:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया