बाइडेन प्रशासनले पनि आशंका गर्यो– ल्याबमा बनेको हुनसक्छ कोरोना

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अमेरिकी जासुसी एजेन्सीलाई कोभिड १९ महामारीको उत्पत्तिको जाँचलाई थप सशक्त र बलियो बनाउन निर्देशन दिएका छन् ।

उनले कोरोनाभाइरस कुनै जंगली जनावरबाट मानिसमा सरेको हो या यसलाई कुनै प्रयोगशालामा बनाइएको हो भन्ने विषयमा जतिसक्दो छिटो निष्कर्ष निकाल्नु पर्ने बताएका हुन् । उनले प्रयोगशालामा भएको कुनै दुर्घटनाबाट पनि कोरोना मानिसमा आएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

उनले यसका लागि आफूले पनि अमेरिकी प्रयोगशालामा जाँच गर्न सहयोग गर्ने र चीनलाई पनि यसमा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आह्वान गरेका छन् ।

सन् २०१९ को अन्त्यमा कोरोनाभाइरस संक्रमण मानिसमा पहिलोपटक चीनमा देखिएको थियो ।

कोरोनाभाइरसले विश्वमा संकट उत्पन्न गराउन थालेपछि तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो भाइरस चीनले विश्वभर फैलाएको आरोप लगाएका थिए ।





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ६:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया