युरोपा लिगको उपाधि भिल्लारियललाई, युनाइटेड टाइब्रेकरमा पराजित

युरोपा लिगको उपाधि भिल्लारियलले जितेको छ । इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडलाई पन्छाउँदै भिल्लारियलले उपाधि जितेको हो । 

गएराति भएको फाइनल खेलमा टाइब्रेकरमा ११–१० गोल अन्तरले पराजित गर्दै भिल्लारियलले उपाधि जितेको हो । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । 

पोल्याण्डमा भएको उपाधि भिडन्तमा भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो । उसका लागि खेलको २९औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

तर, युनाइटेडले खेलको ५५औँ मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि एडिन्सन काभानीले गोल गरेका थिए ।

 





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ६:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया