घनश्याम भुसालमाथि सूर्य थापाको कटाक्ष : सधैँ गडबडी नै पार्टी बनाउने मौलिक बानी ?

सत्तारुढ दल नेकपा एमालेका नेता घनश्याम भुसालमाथि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीमा सधैँ गडबडी गरेको भन्दै कटाक्ष गरेका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत भुसाल सधैँ पार्टी फुटाउने गतिविधिमा लागेको आरोप लगाएका छन् । भुसालले जहिले पनि पार्टी प्रमुखका विरुद्धमा पार्टीको दोस्रो खेमाका नेताहरुलाई साथ दिँदै गडबडी गरेको थापाको आरोप छ । 

भुसाल झलनाथ खनाल महासचिव हुँदा सिपी मैनालीको पक्षमा, मदन भण्डारीको विचारविरुद्ध सिपी-झलनाथको पक्षमा, माधव नेपालविरुद्ध वामदेव-सिपी, माधवविरुद्ध झलनाथ र केपी ओलीविरुद्ध माधव-प्रचण्ड समूहमा लागेको थापाको आरोप छ । 

सधैँ सिद्धान्तहीन गुटको पछि लागेर भुसालले पार्टीमा गडबडी गर्ने गरेको थापाको आरोप छ । यसअघि, वामदेव गौतमले पार्टी फुटाउँदा उग्र सहयोगी बनेर दुई वर्ष नबित्दै तेस्रो धारको अभियानकर्ता बनेको पनि थापाले आरोप लगाए । 

पार्टीमा सधैँ गडबडी गर्ने गरेका भुसालको इतर पक्षमा लाग्नु नै पार्टी बनाउने मौलिक बानी हो भन्दै थापाले प्रश्न पनि गरेका छन् । 



 



  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार ८:४८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया