'निर्दलीयताको पक्षपोषण गरेकोले कांग्रेसले लोकतन्त्रको गीत गाउने हक गुमायो'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लोकतन्त्रको गीत गाउने हक गुमाएको बताएका छन् । संसदीय राजनीतिमा निर्दलीयताको पक्षपोषण गरेकोले कांग्रेसले हक गुमाएको बाँस्कोटाको भनाइ छ । 

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लोकतन्त्र र संसदीय व्यवस्थाको हिमायती भनिएको कांग्रेसले निर्दलीयताको पक्षपोषण गरेकाले अब कांग्रेसले आफूलाई लोकतन्त्रवादी भनेर लोकतन्त्रको गीत गाउने हक गुमाएको बताए । 

दलीय व्यवस्थाको वकालत गर्ने कांग्रेसले अहिले एमालेको सांसद चोर्न थालेको आरोप नि बाँस्कोटाले लगाए । उनले प्रश्न गरेका छन्, 'एमालेको घरमा काङ्ग्रेसले डकैती हानेर धनमाल लाने, उल्टै ती मेरै हुन भन्ने ?'

संविधानको धारा ७६ को ५ ले स्पष्ट रुपमा दुई वा दुईभन्दा बढी दलकै समर्थन खोजेको बाँस्कोटाको भनाइ छ । उनले लेखेका छन्, 'सांसदहरुको स्वतन्त्र समर्थनलाई अस्वीकार गरेको छ । २ र ५ जोडेर हेरौँ न ।'

 





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १०:२८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया