अमेजनको सिइओबाट बिदा लिँदैछन् बेजोस, के गर्लान् अब ?

विश्वको सबैभन्दा ठूलो सपिङ साइट अमेजनको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट जेफ बेजोसले पाँच जुलाइमा राजीनामा दिँदैछन् । उनले यो घोषणा स्वयं सुनाएका हुन् । 

किताब बेच्ने अनलाइन पसलका रुपमा सुरु भएको अमेजनमा अब नयाँ सिइओको रुपमा एन्डी जेसी हुनेछन् । यो पनि बेजोसले नै बताएका हुन् ।

कम्पनीको एक सेयर होल्डरहरुबीच भएको बेठकमा बेजोसले यो बताएका हुन् । 

त्यसो अमेजनको सिइओबाट बेजोसले फ्रेबुअरीमा नै राजीनामा दिने घोषणा गरेका थिए, तर कहिलेदेखि आफूले पद छोड्छु भन्ने जानकारी दिएका थिएनन् ।

वासिङटन पोस्टमा आएको समाचारअनुसार बेजोसले अब अन्तरिक्ष अनुसन्धानमा काम गरिरहेको कम्पनी ब्लू ओरिजिनलाई अगाडि बढाउने भएका छन् । त्यसमा नै उनले थप समय दिने बताइएको छ ।





  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १९:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया