नेपाली राष्ट्रिय फुटबल टिम कप्तान तथा पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङले इराक विरुद्धको मैत्रीपूर्ण खेलका लागि आफूहरु तयार रहेको बताएका छन् ।
कप्तान चेम्जोङले इराकसँगको खेल नेपालका लागि ठूलो अवसर रहेको पनि बताएका छन् । बिहीबार साँझ इराकी सञ्चार माध्यमसँग कुराकानी गर्दै कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफूहरु तयार रहेको बताएका हुन् ।
चेम्जोङले अहिले इराकसँग मैत्रीपूर्ण खेल खेल्नु नेपालका लागि लागि ठुलो अवसर हो भएको बताउँदै त्यस अवसरलाई उपलब्धीमा बदल्नका लागि टोलीले राम्रो अभ्यास गरेको बताए ।
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम बुधबार इराक पुगेको हो । विश्वकप छनोटको तयारीमा रहेको नेपालले शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
इराकसँगको मैत्रीपूर्ण खेलको नतिजाले नेपाली टोलीको अवस्थाको जानकारी दिनेछ । नेपालले शनिबार स्थानीय समयअनुसार राति साढे ७ बजे इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।