युनिभर्सल बोसले सिपिएल खेल्ने

युनिभर्सल बोस क्रिस गेलले क्यारेबियन प्रिमियर लिग खेल्ने भएका छन् । वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलले यस वर्षको सिपिएल टि–ट्वान्टी क्रिकेट खेल्ने भएका हुन् ।

गेलले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट सिपिएल खेल्न लागेका हुन् । प्याट्रिओट्सले बिहीबार गेलले यस सिजन आफ्नो टिमबाट खेल्ने घोषणा गरेको छ ।

व्यक्तिगत कारण देखाएर ४१ वर्षीय बिस्फोटक ब्याट्सम्यान गेलले गत सिजन सिपिएल खेलेका थिएनन् ।  २०२१ को सिपिएल क्रिकेट अगस्ट २८ बाट सुरु हुँदैछ । 

सिपिएल क्रिकेट प्रतियोगितामा कुल ३३ खेल हुनेछन् । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले यस पटक ट्रिनबागो नाइट राइडर्सबाट सिपिएल खेल्दैछन् ।





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ७:२२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया