मेस्सीलाई सम्झौता थप्न प्रस्ताव

अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सीलाई स्पेनिस जायन्ट बार्सिलोनाले सम्झौता नवीकरणको प्रस्ताव गरेको छ । क्याटलान क्लबले मेस्सीलाई सम्झौता अवधि थप्ने प्रस्ताव गरेको हो । 

गतवर्ष नै क्लब छाड्ने चाहना गरेका बार्सिलोनाका कप्तान तथा मुख्य खेलाडी मेस्सीलाई क्लबले सम्झौता अवधि थप गर्नका लागि प्रस्ताव गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् । 

तर, मेस्सीले नयाँ सम्झौताबारे बार्सिलोनालाई कुनै प्रतिक्रिया दिएका छैनन् । मेस्सीको बार्सिलोनासँगको सम्झौता आगामी जुन ३० देखि सकिँदैछ । ३३ वर्षीय मेस्सी अहिले अर्जेन्टिनामा रहेका छन् ।

मेस्सीलाई क्लबमै राख्ने बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाको मुख्य लक्ष्य रहेको छ । उनले क्लबको अध्यक्षको निर्वाचनमा आफ्नो मुख्य एजेण्डा नै मेस्सीलाई क्लबमै राख्ने बनाएका थिए । 





  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार ८:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया