राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष कमल थापाले विपक्षी दलहरु अदालत गएर पुनः केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने बाटोमा लागेको बताएका छन् ।
सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले निर्वाचन छाडेर अदालत जाँदा संसद पुनःस्थापना भएमा ओली ने बलियो हुने दावी गरेका हुन् ।
चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा आफूलाई ओलीको पक्ष लियो भनेको गुनासो उनले गरेका छन् ।
‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा को पक्ष लियो भन्छन तर, ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्’ थापाले भनेका छन् ।
अदालतले संसद पुनर्स्थापना गरेमा ओली नै प्रधानमन्त्रीमा कायम रहीरहने दावी उनले गरेका छन् । ‘यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ’ थापा भन्छन् ।
चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा @PM_Nepal को पक्ष लियो भन्छन।तर,ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्।चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ,संसद पुनर्स्थापना भएमा पुन:ओली नै प्रम हुन्छन्।यो भविष्यवाणी होईन,संसदीय गणितले त्यहि भन्छ
— Kamal Thapa (@KTnepal) May 28, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।