पाँच वर्षका लागि रियल मड्रिडमा डिफेन्डर अल्बा

अष्ट्रियाका स्टार खेलाडी डेभिड अल्बा स्पेनिस महारथी रियल मड्रिडमा पुगेका छन् । फ्रि ट्रान्सफरमा अल्बा ला लिगा क्लब रियलमा अनुबन्ध भएका हुन् । 

बायर्न म्युनिखका भरपर्दा खेलाडी अल्बाले आगामी सिजनदेखि रियलको डिफेन्स लाइन सम्हाल्ने भएका स्पेनिस मिडियाले उल्लेख गरेका छन् । यस सिजनको अन्त्यसँगै अल्बा स्वतन्त्र बनेका थिए । 

अल्बाको म्युनिखसँगको सम्झौता यसै सिजनदेखि सकिएको थियो । रियलसँग पाँच वर्षको सम्झौता गरेका २८ वर्षीय डिफेन्डर अल्बा सन् २०२६ सम्म रियलमा रहने छन् ।

अल्बा सन् २००८ मा बायर्न आएका थिए । १३ वर्ष बायर्नमा बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् । बायर्नबाट उनले १० बुन्डेसलिगा, २ च्याम्पियन्स लिग र ६ जर्मन कप जितेका छन् ।

 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार ७:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया