फिफाले ५ खेलाडी परिवर्तन गर्न पाउने नियमको अवधि बढायो

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोना महामारीपछि ल्याएको ५ खेलाडी परिवर्तन गर्न पाउने नियमको अवधि बढाएको छ ।

अब सन् २०२२ को डिसेम्बर ३१ सम्म ५ खेलाडी परिवर्तन गर्न पाइने छ ।

फिफाले सन् २०१९ मा कोरोना महामारीका कारण फुटबल रोकिएर पुनः सञ्चालनमा आएपछि यो नियम लागू गरेको हो ।

नियमअनुसार कुनै पनि टिमले एक खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने छ तर त्यो ३ पटकमा गरिसक्नु पर्नेछ । कोरोनाअघि ३ खेलाडी मात्र परिवर्तन पाइन्थ्यो ।

फुटबलको नियम नियन्त्रण गर्ने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्ड (आइएफएबी) ले खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै ५ खेलाडी परिवर्तन गर्न पाउने नियम फिफा समक्ष पेस गरेको थियो ।

फिफाले सन् २०२० को डिसेम्बर ३१ सम्मका लागि यो नियम लागू गर्न स्वीकृति दिएको थियो ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १३:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया