नेकपा विभाजन गर्दै नयाँ संविधानसम्म पुग्ने खेलको सूचना एक वर्षअघि नै पाएको घनश्याम भुसालको दावी

एमाले नेता घनश्याम भुसालले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुको कारणबारे फेसबुकबाटै स्पष्टीकरण दिएका छन्। 

उनले  एक सांसदको हिसाबले आफूले मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन् । अहिलेको व्यवस्था र संविधान बचाउनका लागि त्यो गर्नुको विकल्प नभएको भुसालको भनाइ छ । 

‘अहिले नेकपा एमालेका केही सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ’ भुसालले भनेका छन्,  ‘एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लंघन भएको  स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लंघन विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ ।’

करिब १ वर्ष अगाडि एक राजनीतिककर्मीले आफूलाई बताएअनुसार नै देशको राजनीतिक कोर्स अघि बढेको र त्यो अनुसार अहिलेको व्यवस्था र संविधानलाई असफल बनाउने तर्फ लगिँदै गरेको दावी गरेका छन् ।  

गतवर्ष प्रधानमन्त्री ओलीले दल विभाजन गर्ने अध्यादेश ल्याएकै भोलिपल्ट आफूलाई एक राजनीतिकर्मीले आफूलाई सुनाएको र अहिले त्यही अनुसार भइरहेको भुसालको दावी छ । उनका अनुसार ती व्यक्तिले उनलाई नेकपा विभाद नमिल्ने, अदालतबाट एमाले माओवादी छुट्याउँने, निर्वाचन घोषणा गरिने तर नहुने, त्यसपछि देशमा अन्योलको अवस्था हुँदै नयाँ संविधानको कोर्सतर्फ कुरा उनले सुनाएको अहिले सोही अनुसार देश अघि बढ्न लागेको दावी गरेका छन् । 

घोषणा गरिएको निर्वाचन हुँदै नहुने र भएपनि निश्पक्ष नहुने उनको आँकलन छ । 
यही षडयन्त्रलाई असफल पार्न आफूले देउवालाई प्रधानमन्त्री बनाउने मागमा हस्ताक्षर गरेको भुसालले स्पष्ट पारेका छन् । 



‘मेरो निर्णय लोकतान्त्रिक स्थिरताका साथ बाँच्न चाहाने नेपालको आकांक्षाको पक्षमा हो’ उनले भनेका छन् । 



  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १३:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया