जसपा विवाद : ठाकुर पक्षका ४ नेतालाई २४ घण्टे स्पष्टीकरण

जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका ४ नेतालाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

शनिबार जसपा अध्यक्ष महन्थ ठाकुर. नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । 

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको नामबाट नेताहरुलाई पत्र प्रेषित गरिएको छ। 

सम्बन्धित नेताहरुले यही जेठ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि ११ जसपा अध्यक्ष उपेन्द्र यादवले गते ३ दिनको समय दिएर ठाकुर, महतो, शुक्ला र कर्णलाई स्पष्टीकरण सोधेका थिए । 

तोकिएको समयमा स्पष्टीकरण नआएको भन्दै आगामी २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन भन्दै निर्देशन दिइएको छ ।  म्याद भित्र चित्त बुझो र  सन्तोष  जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन  र जनता समाजवादी पार्टीको अन्तरिम विधान बमोजिम पार्टीबाटै  निष्काशन गर्ने चेतावनी दिइएको छ।

११ गते नै ठाकुरले पनि उपेन्द्र यादव र उनी पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेका थिए । 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १४:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया