रियलका लागि खेल्न आतुर डेविड अल्बा

स्पेनिस क्लब रियल मड्रिडले शुक्रबार जर्मन क्लब वायर्न म्युनिखबाट डिफेन्डर डेविड अल्बालाई अनुबन्ध गरेको आधिकारिक घोषणा गर्‍यो ।

अस्ट्रियाका अल्बा र क्लबबीच ५ वर्षको सम्झौता भएको छ । रियलमा अनुबन्ध हुनासाथ उनले क्लबका लागि खेल्न आतुर रहेको बताएका छन् ।

‘मैले एउटा उत्कृष्ट क्लबका लागि त्यस्तै अर्को क्लब छाडेँ । रियलको हिस्सा बन्न पाएकोमा म धेरै खुसी छु’, अल्बाले ट्विट गरेका छन्, ‘वायर्नमा वर्षौं बिताएपछि म नयाँ चुनौतीका लागि तयार भएको छु । क्लबको गौरवशाली इतिहासलाई निरन्तरता दिने प्रयास गर्नेछु ।’

उनले रियलका लागि पहिलो खेल खेल्न प्रतीक्षा गर्न नसक्ने बताए । उनले थपे, ‘म रियलका समर्थक माझ सेतो जर्सीमा मैदान उत्रिन आतुर छु । मलाई आशा छ मेरो अनुभवले सफलता प्राप्त गर्न सहयोग गर्नेछ ।’

अहिले अल्बा युरोकपमा केन्द्रित छन् । जुन ११ बाट सुरु हुने युरो कपको समूह ‘सी’ मा अस्ट्रिया सहित नेदरल्यान्ड, युक्रेन र उत्तरी मेसेडोनिया छन् ।

युरोकपपछि केही दिनको छुट्टी बिताएर अल्बा रियलसँग जोडिने छन् ।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १५:२८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया