स्वास्थ्य मन्त्रालयको बजेट १ खर्ब २२ अर्ब, स्वास्थ्य स्वयमसेविकाको भत्ता १२ हजार

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढाएर १ खर्ब २२ अर्ब ७७ अर्ब पुर्‍याएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। 

मन्त्री पौडेलले कोरोना खोप खरिदका लागि २६ अर्ब र कोरोना नियन्त्रणका लागि ३७ अर्ब बजेट छुट्याएको बताएका छन्। 

मन्त्री पौडेलले अब स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने बताएका छन्। अर्थमन्त्री पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्‍याएको बताएका हुन्। यसअघि यो भत्ता ३ हजार मात्रै थियो।





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया