समानीकरण र सशर्त अनुदानमा प्रदेशलाई ९३ अर्ब ८२ करोड, स्थानीय तहलाई २ खर्ब ६८ अर्ब

सरकारले समानीकरण र सशर्त अनुदानतर्फ प्रदेशलाई ९३ अर्ब ८२ करोड रुपैयाँ र स्थानीय तहलाई २ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन्। जसअनुसार समानीकरण अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब ९५ करोड र स्थानीय तहलाई ९४ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको पौडेलले बताए।

पौडेलका अनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ८७ करोड रुपैयाँ र स्थानीय तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ। 

समपूरक अनुदानतर्फ १२ अर्ब ३७ करोड रुपैयाँ र विशेष अनुदानतर्फ १२ अर्ब ४६ करोड रुपैयाँ बराबर विनियोजन गरिएको पौडेलले बताए। अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि सशर्त अनुदान बढाइएको पनि बताएका छन्। 





  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार १६:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया