कोरोना नियन्त्रणमा असफल राष्ट्रपतिलाई महाअभियोग लगाउन ब्राजिलका जनताको माग

कोरोना महामारी नियन्त्रणमा असफल भएको भन्दै ब्राजिलमा राष्ट्रपति जैर बोल्सोनारो विरुद्ध जनताले आन्दोलन थालेका छन् । लाखौँको संख्यामा सडकमा उत्रिएका जनताले बोल्सोनारोलाई महाअभियोग लगाउन माग गरेका छन् । 

सुरुदेखि नै कोरोना महामारी नियन्त्रणमा लापरवाहीपूर्ण तरिकाले काम गरेको भन्दै ब्राजिलका जनताले राष्ट्रपति बोल्सोनारो विरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठाएका हुन् । 

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलका विभिन्न सहरमा लाखौँ मानिसले प्रदर्शन गरेका छन् । देशभर राष्ट्रपति बोल्सोनारो विरुद्ध प्रदर्शन भएको हो ।   

बोल्सोनारो विरूद्ध हिजो शनिबार भएको प्रदर्शन कोरोना महामारी सुरू भएयता कै सबैभन्दा ठूलो प्रदर्शन हो । प्रदर्शनमा सहभागीहरुले हिजोको प्रदर्शनलाई बोल्सोनारोको असंवेदनशील प्रशासनलाई हराउने निर्णायक दिन भएको बताएका छन् ।  

ब्राजिल अमेरिकापछि कोरोना महामारीको सबैभन्दा धेरै चपेटामा परेको मुलुक हो । ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ४ लाख ६० हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार ८:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया