सुकेटार विमानस्थलको बारेमा योगेशले लेखे, 'अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र'

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सम्बन्धमा असहमति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले असन्तुष्टि राखेका हुन् । 

ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानको परिचय बदल्नुअघि त्यसको विषयमा व्यापक छलफल र अध्ययन हुनुपर्ने भट्टराईको भनाइ छ । 

भट्टराईले लेखेका छन्, 'परिचय बदल्नुअघि आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ ।' 

स्थानीय स्तरमा गरिने छलफलबाट मात्रै निर्णय लिनुपर्ने भन्दै भट्टराईले निर्णय प्रक्रियामा सबैको सहभागिताले मात्रै सहभागिता मुलक लोकतन्त्र बलियो हुने बताए । 

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुकेटार विमानस्थलको नाम रविन्द्र अधिकारी विमानस्थल राख्ने निर्णय सार्वजनिक गरेको थियो । सुकेटार विमानस्थलको नाम परिवर्तन गर्दा स्थानीयको भनाइ समेट्नुपर्ने भट्टराईले बताए । 

भट्टराईले लेखेका छन्, 'असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।'



 



  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १०:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया