देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बैक सुरु भएको हो । 

बैठकमा संसद विघटनपछिको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको आगामी कदमका विषयमा छलफल हुने बताइएको छ । संसद विघटनविरुद्ध गठबन्धनले हालेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यस्तै गठबन्धनको बैठकले सरकारले ल्याएको बजेटको विषयमा पनि छलफल गर्ने भएको छ । सरकारले हिजो शनिबार अध्यादेशमार्फत बजेट ल्याएको थियो । 

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् । 





  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार १०:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया