नाइजेरियामा बन्दुकधारीले अपहरण गरे करिब २ सय बालबालिका

नाइजेरियामा बन्दुकधारीहरुले करिब २ सय जना विद्यार्थीहरुलाई अपहरण गरेका छन् । 
तेगिना राज्यको एक इस्लामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई बन्दुकधारीहरुले अपहरण गरेका हुन् । 

नाइजेरियन अधिकारीहरुले बन्दुकधारीहरुले १५० जना बालबालिका अपहरण गरेको पुष्टि गरेको भएपनि करिब २०० जना अपहरणमा परेको हुनसक्ने बिबिसीले लेखेको छ । 

नाइजेरियाका उत्तरी राज्यहरुमा विद्यार्थी अपहरणको घटना पछिल्लो समय निरन्तर बढिरहेको समाचारमा उल्लेख छ । मोटरसाइकलमा आएका बन्दुकधारीहरुले आइतबार ती बालबालिकालाई अपहरण गरेका हुन् ।

गत फेब्रुअरीमा एक बोर्डिङ स्कुलमा अध्ययनरत झण्डै ३ सय किशोरीहरु अपहरणमा परेका थिए । तीमध्ये धेरैजसो किशोरीहरुलाई बन्दुकधारीहरुले छाडिदिएका छन् । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ९:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया