खोप लिन बेइजिङ जाँदै नेपाल एयरलाइन्सको चार्टर विमान

कोरोना भाइरस विरुद्धको चिनियाँ खोप लिनका लागि सरकारी वायुसेवा नेपाल एयरलाइन्सको चार्टर विमान आज राति बेइजिङ जाने भएको छ । 

चिनियाँ सरकारले अनुदानमा दिन लागेको १० लाख डोज खोप दिनका लागि आज राति नेपाली जहाज चीन जान लागेको हो । वजनले मिलेसम्म आज ८ लाख डोज खोप ल्याउने सरकारको तयारी छ । 

खोप लिनका लागि आज बेइजिङ जाने विमान भोलि मंगलबार दिउँसो साढे २ बजे खोप लिएर नेपाल फर्किनेछ । 

गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्वादमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप दिने घोषणा गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ९:३१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया