राष्ट्रिसभा उपनिर्वाचन : लुम्बिनीमा मतदान सुरु, मुख्यमन्त्रीले दिए मत

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान सुरु भएको छ । दाङको घोराहीमा मतदान सुरु भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मतदान गरेका छन् । उनले मतदानको सुरुवातमै आफ्नो मत दिएका हुन् । 

निर्वाचनमा मतदान गर्ने मतदाताहरूले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको आजको निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् । 

कुल मतदातामध्ये प्रदेश सांसदको संख्या ८३ रहेको छ । स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन् ।



यसअघि कारबाहीमा परेका जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पनि मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।

सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ ।



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार ९:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया