अर्जेन्टिनामा पनि नहुने भयो कोपा अमेरिका

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने भएको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनामा बढ्दै गएको कोरोना संक्रमणका कारण त्यहाँ कोपा अमेरिका आयोजना गर्न नसकिने जनाएको छ ।

कन्मेबलले प्रतियोगिताको आयोजनाका बारेमा अन्य राष्ट्रसँग छलफल भएको र चाँडै निर्णय गरिने बताएको छ ।

कोरोनाको दोस्रो लहरका कारण अर्जेन्टिनामा खेलकुदका गतिविधिमा रोक लगाइएको छ । 

सन् २०२० मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण १ वर्ष पछाडि धकेलिएको हो ।

केहि समय अगाडि कोलम्बियामा बढ्दै गएको राजनैतिक अस्थिरताका कारण उसलाई सह आयोजकबाट हटाउँदै अर्जेन्टिनालाई प्रतियोगिताको एकल आयोजनाको जिम्मेवारी दिइएको थियो ।



प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेका थियो । आयोजनास्थल परिवर्तन भएपछि खेल तालिका पनि परिवर्तन हुने सम्भावना बढेको छ । 

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अर्जेन्टिना, चिली, उरुग्वे, बोलिभिया र पाराग्वे तथा समूह ‘बी’ मा ब्राजिल, कोलम्बिया, भेनेजुएला, पेरु र इक्वेडर छन् ।



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १०:२३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया