प्रधानमन्त्री भेट्न बालुवाटार पुगे महन्थ ठाकुर र राजेन्द्र महतो

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । 

पछिल्लो राजनीतिक परिस्थिति र सरकार पुनर्गठनको विषयमा छलफल गर्नका लागि अध्यक्ष ठाकुर र दलका नेता महतो बालुवाटार पुगेका हुन् । 

प्रधानमन्त्री ओलीसँग जसपाको तर्फबाट सरकारमा सहभागी हुने विषय छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेको बताइएको छ । प्रधानमन्त्री ओलीसँग अन्तिम छलफल गर्न ठाकुर र महतो बालुवाटार पुगेका हुन् ।

सरकारमा सहभागी हुनका लागि जसपाले ८ जना मन्त्री मागेको छ । जसमा प्रधानमन्त्री ओली पनि सकारात्मक भएको बताइएको छ । बैठकमा कुरा मिले आजभोलि मै सरकारमा सामेल हुने जसपाको तयारी छ ।

यसअघि सांसद नभई मन्त्री बनाइएका पूर्व माओवादीका सात मन्त्रीको पद सर्वोच्च अदालतले खाली गराएपछि रिक्त रहेको स्थानमा जसपालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री ओलीको तयारी छ । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १०:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया