बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन् । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रियसभाको उपनिर्वाचनमा मत नहाल्ने उनले घोषणा गरेका छन् ।
देश कोरोना महामारीको चपेटामा परेका बेला सबै मिलेर महामारीको सामना गर्नुपर्नेमा ठूला दल राजनीतिक लडाईँमा लागेकाले आफूले मतदान नगर्ने निर्णय गरेको राणाले बताएका छन् ।
उपमहानगर प्रमुख राणाले सामाजिक सञ्जालमार्फत आफूले उपनिर्वाचन बहिस्कार गरेको बताएका हुन् । उनले आफू जनतालाई महामारीबाट बचाउनका लागि खट्नुपर्ने भएकाले उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको बताए ।
राणाले लेखेका छन्, 'अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु, धन्यवाद !!'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।