रियल मड्रिडका फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाले युवा स्टार केलियन एमबाप्पे कुनै दिन रियलको खेलाडी बन्न सक्ने बताएका छन् ।
बेन्जिमाले एमसिक्सइन्फोसँगको कुराकानीमा एमबाप्पेमा रियलका खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण रहेको र कुनै दिन उनी मड्रिड आउनेमा आफू आशावादी रहेको बताएका हुन् ।
एम्बाप्पे रियल आउँछन् कि आउँदैनन् भन्ने प्रश्नको जवाफ दिँदै उनले भनेका छन्, ‘हामी हेर्दै छौँ के हुन्छ । उनलाई मड्रिडमा स्वागत छ । एमबाप्पेमा रियलका खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण छ । म आशावादी छु, उनी कुनै दिन क्लबको हिस्सा बन्नेछन् ।’
फ्रान्सका युवा स्टार एमबाप्पे अहिले पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यावसायिक फुटबल खेलिरहेका छन् । उनी र क्लबबीचको सम्झौता सन् २०२२ मा सकिँदै छ ।
रियल एमबाप्पेलाई भित्र्याउने प्रयासमा छ । बेन्जिमा र एमबाप्पे पहिलोपटक फ्रान्सेली टिमबाट सँगै युरोकप खेल्दै छन् ।
बेन्जिमाले करिब ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा पुनरागमन गरेका हुन् । उनले एम्बाप्पेसँग खेल्न उत्साहित रहेको बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।