विश्वकप छनोट अन्तर्गत नेपालको खेल समय सार्वजनिक

नेपाल विश्वकप तथा एसियन कप संयुक्त छनोट अन्तर्गत नेपालको खेल समय सार्वजनिक भएको छ । 

छनोटको दोस्रो चरणमा नेपालले खेल्ने बाँकी तीनै खेल कुवेतमा नेपाली समय अनुसार राति पौने १० बजे हुनेछ ।

यो खेलका लागि २३ खेलाडी र १२ पदाधिकारी सहित ३५ सदस्यीय नेपाली टोली कुवेत पुगिसकेको छ ।

नेपालले जुन ३ मा चाइनिज ताइपेइ, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्दैछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलबाट ४ हार र १ जित सहित ३ अंकका साथ चौथो स्थानमा छ ।

शतप्रतिशत जित निकालेको अस्ट्रेलिया ४ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा, समान ५ खेलबाट ३ जित र १ हार १ बराबरीको नतिजासहित समान १० अंक जोडेका कुवेत दोस्रो र जोर्डन तेस्रो स्थानमा छन् । 



पाँचै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहीन हुँदै समूहको अन्तिम स्थानमा छ ।
 



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १५:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया