लुम्बिनीबाट कांग्रेसका दृगनाराण पाण्डेय राष्ट्रियसभामा निर्वाचित

लुम्बिनी प्रदेशमा आजै सम्पन्न राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएर उनले राष्ट्रियसभा सदस्य पद पक्का गरेका हुन्। 

राष्ट्रियसभामा जाने क्रममा पाण्डेयको पक्षमा  ४१४० मत खस्यो भने खड्काले  ३५९४ मत ल्याउन सफल भए। पाण्डेयको पक्षमा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपाको बाबुराम-उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चा उभिएका थिए। 

राष्ट्रियसभाको आज भएको निर्वाचनका क्रममा २ सय ९७ जना मतदानमा सहभागी भए। जसमा प्रदेशसभाको ८३ मतमा एक मत बदर भयो। स्थानीय तहमा हालेको २१२ मा १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। 
 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १६:२४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया