गत वर्षझैँ यस वर्ष पनि एसइई परीक्षा आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । शिक्षा मन्त्रालयले आजको मन्त्रिपरिषद बैठकमा एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिबाटै गर्न प्रस्ताव लैजाने भएको छ ।
यसअघि माध्यामिक शिक्षा परीक्षा बोर्डले पनि वैकल्पिक माध्यमबाट परीक्ष गर्न सरकारबाट स्वीकृति मागेको थियो । आजको मन्त्रिरिषद्बाट प्रस्ताव पारित भएपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय हुनेछ ।
मन्त्रालयको आजको बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।