राष्ट्रपतिले कोरोना खोप माग्दै पत्र लेख्नु पनि गलत र असंवैधानिक : भीम रावल

नेकपा एमालेबाट निष्कासित नेता भीमबहादुर रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप माग्दै उत्पादक राष्ट्रलाई पत्राचार गरेकोमा आपत्ति प्रकट गरेका छन्। 

नेपालको संविधान अनुसार राष्ट्रपति सेरेमोनियल भएकाले कार्यकारी प्रमुख झैँ विभिन्न देशका राष्ट्रपतिलाई खोप माग्दै पत्राचार गर्नुलाई उनले संविधान र प्रणालीकै उलंघन भन्दै आलोचना गरेका छन्। 

राष्ट्रपतिको यो कदमले प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर भएको भन्दै उनले यसबाट गम्भीर प्रश्न उठेको पनि जिकिर गरेका छन्।

'कोरोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैँ विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो', उनले भनेका छन्, 'यसले के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपतिकहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।'

रावलले राष्ट्रपतिबाट दुई हप्तायता विदेशस्थित समकक्षीहरुलाई भइरहेको पत्राचारको विरोध गरेका हुन्। राष्ट्रपतिले भारत, अमेरिका, रुसका राष्ट्रपति र बेलायतकी महारानीलाई पत्राचार गरेर खोप उपलब्ध गराइदिन आग्रह गरिसकेकी छन्। 



राष्ट्रपतिले गत बुधबार समकक्षी सी जिनपिङसँग टेलिफोन वार्ता गरेपछि चीनले कोभिडविरुद्धको १० लाख डोज खोप उपलब्ध गराइसकेको छ। उक्त खोप भोलि काठमाडौं आइपुग्दैछ। 



  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १७:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया