कर्णालीमा थप ४ जनाको मृत्यु, ४२५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप  ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार सुर्खेतका दुई, सल्यान र जुम्लाका एक/एक जना संक्रमितको मृत्यु भएको हो । यससँगै कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणपश्चात् ४२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय जनाएको छ । यससँगै कर्णालीमा हालसम्म संक्रमित हुनेको संख्या २३ हजार २८५ पुगेको छ ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा ५१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कुल संक्रमितमध्ये १६ हजार २६३ जना संक्रमणमुक्त भएका छन् ।

 हाल प्रदेशका अस्पताल आइसोलेसन तथा होम आइसोलेसनमा पाँच हजार पाँच सय ३१ जना संक्रमित रहेका छन् । 





  • प्रकाशित मिति : जेठ १७, २०७८ साेमबार १८:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया