दुई दिन रोकिएको एमाले स्थायी समिति बैठक आज बस्दै
फाइल फोटो

आज सत्तारुढ दल नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक बोलाएका छन् । 

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

आइतबारका लागि तोकिएको बैठक सोमबारका लागि सारिएको थियो । तर सोमबार पनि बैठक बस्न सकेन 

आजको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको विवादबारे छलफल गर्ने तयारी छ । यसअघि स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका नेताहरुलाई कारबाही गर्ने, नगर्ने बारे पनि आजको बैठकले निर्णय गर्ने सम्भावना रहेको छ । 
 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १०:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया