अध्यक्ष पेरेजसँग कुरा नमिल्दा रियल छाडेको हुँ: जिदान

केही दिनअघि स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकबाट राजिनामा दिएका जिनेदिन जिदानले आफूले क्लब छाड्नुको कारण खुलाएका छन् ।

उनले समर्थकलाई खुल्ला पत्र लेख्दै अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग कुरा नमिल्दा क्बल छाडेको बताएका हुन् ।

जिदान भन्छन्, ‘मैले रियल छाडेँ किनकि मलाई लाग्यो अब क्लबले ममाथि पहिलाको जस्तो विश्वास गर्दैन । न त उनीहरूले मध्यम वा लामो समयका लागि योजना बनाउन सहयोग नै गर्नेछन् ।’

जिदानले अध्यक्ष पेरेज र आफूबीच निराशाजनक सम्बन्ध रहेको बताउँदै उनले क्लबले खराब प्रदर्शन गर्दा साथ नदिएको आरोप लगाएका छन् ।

‘जब मैले टिमको हारपछि क्लबले निकालेको पेस विज्ञप्ति पढेँ । त्यसले मलाई निकै पीडा दिएको थियो । त्यहाँ लेखिएको थियो कि यदि मैले अर्को खेलमा पनि जित हात पार्न नसके प्रशिक्षकबाट हटाइने छ’, जिदानले थपे ।

जिदानले स्यान्टियागो बर्नाबेउमा दुई कार्यकाल बिताउँदा रियललाई ३ च्याम्पियन्स लिग र २ ला लिगासहित ११ उपाधि दिलाएका छन् ।



रियल यो सिजन सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २ अंकले पछाडि रहँदै लिगको उपविजेता बन्यो । रियल सन् २००९/१० को सिजनपछि उपाधिविहीन बनेपछि जिदानने क्लब छाड्ने निर्णय गरेका थिए । 

जिदानले रियललाई उच्च स्तरमा रहन नयाँ दृष्टिकोणको आवश्यकता रहेकाले पनि आफूले क्लब छाड्ने निर्णय गरेको उल्लेख गरेका छन् । 




 

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १२:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया