एन्सेलोट्टी रियल मड्रिड फर्कने चर्चा

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले राजीनामा दिएपछि यति बेला क्लबको प्रशिक्षण कसले सम्हाल्ने भन्ने चर्चा हुन थालेको छ ।

रियल नयाँ सिजन सुरु हुनुअघि नै मुख्य प्रशिक्षक नियुक्त गर्नुपर्ने दबाबमा छ । त्यसका लागि उसले प्रयास पनि गरिरहेको छ ।

रियलले जिदानको विकल्पमा मासिमिलियानो अलेग्री, एन्टियागो कोन्टेलाई हेरेको बताइएको थियो तर अलेग्री युभेन्टसका प्रशिक्षक बनिसकेका छन् ।

माउरिसियो पोचेटिनो र रियलकै पूर्व खेलाडी राहुल गोञ्जालेज तथा जाभी अलन्सोको नाम पनि यसक्रममा जोडिएको थियो ।

अहिले फेरि अर्को नाम रियलसँग जोडिएको छ र त्यो हो, इङ्लिस क्लब एभर्टनका वर्तमान प्रशिक्षक कार्लो एन्सेलोट्टी ।

एल लार्गुएरोका अनुसार एन्सेलोट्टी रियलको पहिलो रोजाइमा रहेका छन् र अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सुरुवाती चरणमा सम्पर्क पनि गरिसकेका छन् ।



उनीसँग रियलको प्रशिक्षण सम्हाली सकेको अनुभव पनि छ । एन्सेलोट्टीले सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षका रूपमा काम गरेका थिए ।

उनको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिग, कोपा डेल रे, स्पेनिस सुपर कप र क्लब विश्वकपको उपाधि जितेको थियो । 



उनले एसी मिलान, वायर्न म्युनिख, पिएसजी, युभेन्टस, चेल्सी जस्ता युरोपका ठूला क्लबको प्रशिक्षण पनि सम्हाली सकेका छन् ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १६:१९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया