आयो 'सिजी इन्टरनेट', १२० एमबिपिएसको ९९९ रुपैयाँ

सिजी कम्यूनिकेशन प्रालिले मंगलबारदेखि काठमाडौं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुवात गरेको छ। 

यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दाबी चौधरी ग्रुपले गरेको छ।

कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध हुने उल्लेख छ।  कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले  सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताए। कम्पनीले सुरुवाती चरणमा इन्टरनेट सेवा मात्रै ल्याएको छ। चाँडै नै आइपिटिभी र अन्य सेवा ल्याउने तयारी भएको चौधरीले बताए। 

विज्ञप्तिमा सुरुवाती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा इन्टरनेट उपलब्ध हुने छ। तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान गरिँदैछ। एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने प्रबन्ध निर्देशक चौधरीले बताए। 





  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार २०:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया